आँखाको निद खोसी लाने
हृदयको तरङ्ग छेडी जाने
तिमीलाई के सजाय दिऊँ
के सधैँलाई बाँधीदिऊँ
बहकिँदै थिएँ मदहोश भएर
थामिएछु तिम्रो आभाष पाएर
मोहनी मन त तिम्रै नाम भनी लेखिदिऊँ
निराश निराश थिए
यी मेरा आँखाहरू
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ भने परेलीभित्र लुकाइदिऊँ