शब्द: कुन्दन सुब्बा, हेम लामा
सङ्गीत: कुन्दन सुब्बा
बिर्सेर मलाई टाढा भैदियौ
अब फर्की हेरिनदेऊ
बिदाको दिन परेली भिजाई
झुटो कसम नरोइदेऊ
म तिम्रो बिछोडमा मरी जाने होइन
म तिम्रो खुशीमा जली जाने होइन
तिमीलाई आफ्नो सम्झी बोलाउने
शायद मेरो अधिकारै छैन
भुलिदेऊ अब म तिम्रो याद होइन
तोडिएको हृदय, जोडिइने होइन
नयनका सारा आँशुलाई तिमीलाई
आँशु नसम्झी बाँचिदेऊ
बसन्त फेरी नआउने त होइन
जून तारा आकाशमा नछाउने त होइन
निभेको आगोले पोल्यो भने,
आँशु झार्ने म कहिले छैन
बगेको खोला फर्की आउने त होइन
निभेको दियो बली जाने त होइन
आफैँमा यदि हराएँ भने
सम्हालिदिने यहाँ कोही छैन