कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिँन
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिँन
धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनू
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनू
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिँन
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन
धेरै बाधाहरू अरूको, तर दोष कसैलाई नदिनू
जति जे भो भैगयो, मन मन्दिरमा सजाउनू