तिम्रो हर प्रश्नको जवाफ.txt

तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू

भुल होइन जस्तो लाग्ला भुल गर्नेहरूलाई
तर खेलेर छोड्यौ तिमीले किन मेरो बेसहारा जीवनलाई

तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरूमा खोज्नू

दोष दिनु ठूलो पाप हो निर्दोषीहरूलाई
तर रित्याइदियौ तिमीले किन मेरो आँखाको आँसुलाई