तिम्रो हर प्रश्नको जवाफ.txt

स्वर: दीपक खरेल

तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरूमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नू


तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरूमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन भने
मेरो सामुन्ने आएर सोध्नू


भूल होइन जस्तो लाग्ला
भूल गर्नेहरूलाई
तर खेलेर छोड्यौ तिमीले किन
मेरो बेसहारा जीवनलाई
तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरूमा खोज्नू

दोष दिनू ठूलो पाप हो
निर्दोषीहरूलाई
तर रित्याइदियौ तिमीले किन
मेरो आँखाको आँशुलाई

तिम्रो हर प्रश्नको जवाफ
मेरो चिठीहरूमा खोज्नू
यदि चित्त तिमीलाई बुझ्दैन
भने मेरो सामुन्ने आएर सोध्नू