बादल बनाइदेऊ.txt

स्वर: दीपक खरेल

बादल बनाइदेऊ आकार बदल्न सकूँ
बादल बनाइदेऊ आकार बदल्न सकूँ
क्षमता दिलाइदेऊ ज्यूँदै म जल्न सकूँ

जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
चुपचाप सहूँ कसरी आफ्नै बदनामी
सस्तो बनाइदेऊ बजारमा चल्न सकूँ
क्षमता दिलाइदेऊ ज्यूँदै म जल्न सकूँ

फेरी चलाऊ गोली घाइते बनाइनराख
फेरी चलाऊ गोली घाइते बनाइनराख
चितामै जल्न देऊ चिन्तामा जालइनराख
लाजहीन बनाइदेऊ सडकमा ढल्न सकूँ
क्षमता दिलाइदेऊ ज्यूँदै म जल्न सकूँ