कति कुरा नभनेर नै.txt


कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्
भनिएका कुरा बरू झुटा झुटा झुटा हुन्छन्

चाहेजति सबैकुरा पाउनै पर्छ भन्ने केही छैन
मनपरेको मान्छेलाई पाउनै पर्छ भन्ने केही छैन

मान्छेको मन पानी होइन, पोखाउँदैमा कहिले पोखिँदैन
मान्छेको मन पानी होइन, पोखाउँदैमा कहिले पोखिँदैन
भावनाका आँधी बेहेरी कागजमा लेखी लेखिँदैन

कति चिठी नलेखेर नै मीठा मीठा मीठा हुन्छन्
लेखिएमा चिठी बरू झुटा झुटा झुटा हुन्छन्