ए मलाई माया गर्छु भन्नेहरू.txt

स्वर - नारायण गोपाल

ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई
बरु आई मलाई सताउने गर

भावनामा नआऊ तिमी, यादमा नआऊ
तन्नेरीको सपनाजस्तै विस्वादमा नआऊ

प्रीतिको फूल टिप्नपर्छ भने
काँडा देखि डराई नभाग्ने गर
तिम्रो टाढाको म्वाईँ पुगेन मलाई
बरू आई मलाई सताउने गर

मान्छे के के भन्छन् तिमीलाई
मनले के के भन्छ
साँचो साँचो कुरा भन मलाई
एकदिन सबले सुन्छ
नलुकाई मनका सारा विम्बहरु
मन खोली मलाई देखाउने गर
तिम्रो टाढाको म्वाईँ पुगेन मलाई
बरू आई मलाई सताउने गर