कतै मिलन दुःखेको छ.txt

कतै मिलन दुःखेको छ
कतै बिछोड दुःखेको छ
दुःख्छ सबैलाई केही न केही
मलाई जीवन दुःखेको छ

जताततै विरक्तिएका निराश मुहार दुःखेका छन्
कत्तिका त आँशु पनि हाँसोभित्र लुकेका छन्
कतै हाँसो दुःखेको छ, कत‍ै आँशु दुःखेको छ,
दुःख्छ सबैलाई केही न केही मलाई जीवन दुखेको छ

जहाँ गयो रित्तिएका विवश मुटु दुखेका छन्।
दुख्दा दुःख्दै घाऊ पनि खाटा बनी सुकेका छन्

कतै घाऊ दुःखेको छ कतै खाटा दुःखेको छ
दुःख्छ सबैलाई केही न केही मलाई जीवन दुःखेको छ।