रक्तिम अधर छ तिम्रो.txt

रक्तिम अधर छ तिम्रो
लाली नलाए हुन्छ
कालो नयन छ तिम्रो,
गाजल नलाए हुन्छ

चाँदी माथिको स्वर्ण
तिम्रो मुहारको कान्ति
उसै त राम्री छ‍्यौ तिमी
फाहा नलाए हुन्छ

मौका पर्खिन्न भन्छन्
यौवन पर्खिन्न भन्छन्
तिम्रो नयनको शान्ति
मौन फिराद गर्छन्

रक्तिम अधर छ तिम्रो
लाली नलाए हुन्छ

मैले बुझिँन भाका
कैयन् उपाय लाएँ
अड्कल सकिँन काट्न
धेरै विचार लाएँ

बिन्ती म लाटोलाई
भाषा सजिलो होला
टम्मै मिलेको ओठ
सङ्कोच नमानी खोल