Wildfire (डढेलो)

[youtube: https://www.youtube.com/watch?v=7yLWjCai4-s]

डढेलो लाग्यो त्यो पारी डाँडा साँझतिर
लौ है फेरी मनमा मेरो लाग्यो पीर
बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झललल

बुझाईदेऊ न जलीराने यो मन
पक्डिदेउ न उडीराने यो मन
बुझाईदेऊ न जलीराने यो मन
पक्डिदेउ न उडीराने यो मन

चारैतिर अँध्यारो नै, अँध्यारो नै छ
आजसम्म सपनाहरु अधुरो नै छ
कसरी बुझाऊँ यो नबुझ्ने रहरहरु
दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरु

बुझाईदेऊ न जलीराने यो मन
पक्डिदेउ न उडीराने यो मन