स्वर : भक्त राज आचार्य
सागर छ गह भित्र
चाहे म रोई दिन्छु
आँधी छ छाति भित्र
खोजे म बल्झी दिन्छु
सागर छ गह भित्र
पाषाण हृदय होइन
मैले बोकी हिँडेको
सुम्पेको छु तिमीलाई
म आफू सँग भएको
अधरको हाँसो निठुरी
तिमीलाई दिई सकेछु
आँधी छ छाति भित्र
खोजे म बल्झी दिन्छु
सागर छ गह भित्र
लाग्छ हेराईमा तिम्रो
के के नपुगे जस्तो
मुटु दिएर तिमीलाई
केही दिईँन मैले जस्तो
म भित्र पसेर हेर
म त खाली खाली भएछु
आँधी छ छाति भित्र
खोजे म बल्झी दिन्छु
सागर छ गह भित्र