हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई
कसोरी म भेटूँ म देखूँ उनीलाई
यी बाधा छिचोली अँगालूँ उनीलाई
उनी बोल्दछिन गीतको भाका लिई
उनी हाँस्दछिन फूलको बास्ना लिई
नबोल्ने को होला देखेर उनीलाई
म बोलूँ कसोरी भनूँ के उनीलाई
बिहानीको शितमा उनी झलमलाउँछिन्
जसै साँझ पर्छ प्रतीक्षामा हुन्छिन्
उनी ओठ आँखाले छुन्छिन् मलाई
उपहार के दिऊँ भनूँ के उनीलाई