हजार सपनाहरूको.txt

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरी भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

मैले बाँचेको परिवेश सानो त्यत्ति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिएन
अल्झेँ कहीँ त के भो बाटो भुलेको छ‍ैन
भाँचिइसकेको विश्वास फेरी भएर आउँछ

मेरा ती स्वरहरूलाई थुन्नु त्यत्ति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो कि क्या हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौँ मनमा उठेर आउँछ