हर्षले मन मेरो झुमेको छ
जीवनमा नयाँ घाम लागेको छ
आज सारा शरीरभरी
खुसीको लहर छाएको छ
पवन पनि रोकी रोकी
मेरो साथ हिँडिरहेछ
सागर पनि उर्ली उर्ली
मेरो नजिक आइरहेछ
कसलाई बाढूँ आज म हाँसो
अधर भरी उम्लीरहेछ
आज सारा शरीरभरी
खुसीको लहर छाएको छ
मैले मेरो जीवन पाएँ
उसले आफ्नो सपना पाए
सुनाइदिनू ए वसन्त
धर्ती आकाश सारालाई
कसलाई बाढूँ मेरो चाहना
हृदयभरी छल्किरहेछ
आज सारा शरीरभरी
खुसीको लहर छाएको छ