स्वर- लाक्पा शेर्पा
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मातर होइन जून पनि झारी दिऊँला
गाई गोरु बाँधेर छिट्टै भेट्न आऊ न
बाटैमा रात पर्ला उज्यालोमै आऊ न
अँधेरो के हो र माया पिरती अघि
पर्खीदेऊ म आउँछु अँध्यारोलाई तोडी
ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
त्यो तारा मातर होइन जून पनि झारी दिऊँला
लौ उडी जाऊँ कहाँ बादल उठाई ल्याऊ न
बादललाई गाँसेर आँचल बनाईदेऊ न
लौ हुन्छ बादलको आँचल बनाइदिउँला
छेऊ-छेऊमा ताराको जलप लगाईदिउँला