म मरे पनि.txt

स्वर | सँगीत : शिवशंकर मानन्धर
शब्द : प्रेम प्रकाश मल्ल

म मरे पनि मेरो देश बाँची राखोस
म मरे पनि मेरो देश बाँची राखोस
हिमालको टाकुरामा, नेपालीका पाखुरामा
चन्द्र र सूर्य अंकित झण्डा फरफर नाची राखोस
म मरे पनि मेरो देश बाँची राखोस
म मरे पनि मेरो देश बाँची राखोस

लाली गुँरासको फूलमा मेरै रगतको रङ्ग
डाली डालीमा झुल्दछ मेरै मनको तरङ्ग
मेरो सारा अस्तित्व येही धरतीमा मिलेको छ
कदापि मर्दैन चाहे कसैले मुटु नै चुँडी लगोस
म मरे पनि मेरो देश बाँची राखोस
म मरे पनि मेरो देश बाँची राखोस

मर्छु देशको निम्ति गर्दै मरी मरी काम
अर्पित गर्छु आफ्नो जीवन यो देशलाई तमाम
यही एउटा धोको छ, चाह अरु केहि छैन
म मरे पनि यो मेरो प्यारो हिमाल हाँसी राखोस
म मरे पनि मेरो देश बाँची राखोस
म मरे पनि मेरो देश बाँची राखोस

आफ्नो गीतहरुमा मैले कल्पना लाखौँ पोखेँ
स्वदेशलाई माथि उचाल्ने सपना हजारौँ देखेँ
फलोस फुलोस यो देश सँधै येही नै मेरो कामना
म मरे पनि यो देशले मेरो सपना साँची राखोस
म मरे पनि मेरो देश बाँची राखोस
म मरे पनि मेरो देश बाँची राखोस