स्वर: सुनिता सुब्बा
सङ्गीत: राम थापा
थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू
दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिँन
तिमी बग्यौ कुन सागरमा मिल्न
लहरहरू मैले भुल्न सकिँन
धेरै बहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिँन
तिमी उड्यौ कुन वसन्त भेट्न
ओइलिएर फेरी म फुल्न सकिँन
थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू