कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ
त्यही गोरेटोले तिम्रो माया छिनिदऊँ कि?
गागरीमा थापेको पानी, चिम्टीले लिपेको आँगन
अँगेनामा दाऊराको धुवाँ, आँशु पुछ्ने कुसुमे रूमाल
फर्की आउने हो कि होइन मोटरको धुँवा उढाउँदै
कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ
माया लाउँछु डाँडापारी गाउँमा
सयपत्री गुराँसको माझमा
गीत गाउँछु सुन्दरी खोलाको तीरमा
कलकल झरनाको तालमा
फर्की आउने हो कि होइन
मोटरको धुँवा उढाउँदै
कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ
त्यही गोरेटोले तिम्रो माया छिनिदऊँ कि